NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा षष्ठी - २१

कित्ता एकीकरण

कुनै व्यक्ति वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताहरुको कित्ता एकिकरणको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा नाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशिका, २०८१
को अनुसूची-१९ को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ ।
क. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
ख. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि,
ग. चालु आर्थिक वर्षको तिरो तिरेको रसिदको प्रतिलिपि,
घ. एकीकरणका लागि माग भएका कित्ताहरु देखिने नक्सा प्रिन्ट ।